रंगमञ्चलाई नयाँ पुस्ताले धानेको देख्दा गर्व लाग्छ: कुलपति निशा शर्मा

हिमाल प्रेस ६ चैत २०८१ १७:४०
10
SHARES
रंगमञ्चलाई नयाँ पुस्ताले धानेको देख्दा गर्व लाग्छ: कुलपति निशा शर्मा

काठमाडाैँ- नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण बुधबारदेखि सुरु भएको छ। थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा बजाउँदै औपचारिक सुरुवात गरिएको हो।

महोत्सवको उद्घाटन गर्दै उनले भनिन्, ‘सन् २००० मा आरोहण गुरुकुल खोल्दाखेरी हामी सबै कलाकार जागरुक भएर नाटकलाई एउटा गन्तव्यमा पुर्याउने सपना देखेका थियौं। त्यो दिन सम्झेर र आजको दिन देखेर अत्यन्त खुसी लागेको छ। अहिलेको रंगमञ्चलाई नयाँ पुस्ताका कलाकारले जसरी धानेर राखेका छन्, त्यो राम्रो भइरहेको छ भनेर गर्वका साथ भन्छु।’

कुलपति शर्माले विदेशीहरु हिमाल हेर्नमात्र नेपाल आउने नभई यहाँको कला संस्कृति बुझ्न पनि आउने बताइन्। तर आफू सरकारी पदमै भए पनि यस क्षेत्रमा हुनुपर्नेजति काम हुन नसकेको उनले बताइन्। बजेटकै कारण ती काम गर्न नसकेको उनको भनाइ थियो।

निटफेस्टका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले हिजोको रंगमञ्चको यात्रादेखि आजसम्म आइपुग्दा पुरानो पुस्ताले आफ्नो ज्ञान र अनुभव हस्तान्तरण गरेको उल्लेख गरे। ‘आज हाम्रो पुस्ताले सिकेको ज्ञान र अनुवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियामा छौं। महोत्सवको तेस्रो संस्करणसम्म आइपुग्दा हामीले रैथाने ज्ञानको उज्यालो थिममा त्यही हस्तान्तरणको अभ्यास गरिरहेका छौं।’ उनले भने।

औपचारिक उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, चाइना थिएटर असोसिएनका महासचिव ली हाई ची, जापानकी थिएटर निर्देशक इरिना सजी, जिआइजेटकी शान्ति सल्लाहकार मालिन फेट्याटलगायतले आफ्नो मन्तव्य राखे।

चैत १२ गतेसम्म चल्ने महोत्सव १२ देशका १७ नाटक मञ्चन हुँदैछ। महोत्सवमा नाटकसँगै कविता, संगीत, नृत्य प्रदर्शनी लगायत कार्यक्रम  हुनेछ।

महोत्सवको पहिलो पशुपति राईद्वारा निर्देशित ‘उम्लिँदो खरानी र लेम्लेमा’ मञ्चन भइरहेको छ। साँझ २३ कविले कविता प्रस्तुत गर्नेछन्। किरण नेपाली र दीप्सन पुतुवारले ‘फोकट्र्रोनिक्स’ शीर्षकमा सांगीतिक प्रस्तुतिसँगै पहिलो दिनको कार्यक्रम समापन हुनेछ।

 

प्रकाशित: ६ चैत २०८१ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast