समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलेको संविधान उत्कृष्ट : देउवा

हिमाल प्रेस ६ चैत २०८१ १६:१६
8
SHARES
समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलेको संविधान उत्कृष्ट : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलको संविधान निकै राम्रो रहेको बताएका छन्।

नेपाल डेमोक्रेट्रिक लयर्स एशोसियसन र पेशागत बुद्धिजीवी विभागले ललितपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको भन्दै समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलको संविधान निकै राम्रो रहेको बताएका हुन्।

उनले अहिलेको प्रणालीले कुनै पनि दलको बहुमत आउन कठिन भएकाले यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने धारणा राखे। धेरै मिहिनेतकपछि कांग्रेस अहिलेको सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको उनको भनाइ छ।

त्यस्तै सभापति देउवाले संविधानमा महिलालाई दिएको अधिकारका कारण राज्यका विभिन्न निकायमा महिलाको प्रत्यक्ष सहभागिता हुने मौका मिलेको बताए।

कार्यक्रममा संविधान संशोधनका विषयमा प्रदेशस्तरीय अन्तक्र्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरिएको थियो।

प्रकाशित: ६ चैत २०८१ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast