
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल शिक्षक महासंघलाई आन्दोलनको मोडेलमा सुधार गर्न आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा, लिङ्देनले शिक्षकहरूलाई बन्द र हडतालजस्ता अप्रिय काम नगर्न र शैक्षिक गतिविधिमा अवरोध नगर्न आग्रह गरेका छन्।
शिक्षक महासंघले संसद्को चालु अधिवेशनबाटै शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै मंगलबार राप्रपाको केन्द्रीय कार्यालयमा धर्ना महासंघले धर्ना दिएको थियो। सो क्रममा, लिङ्देनले भने, ‘शिक्षकहरूको आन्दोलनमा हामी तपाईंहरूको साथमा छौं, तर शैक्षिक कार्यमा असर नगर्ने किसिमको आन्दोलन गर्नु आवश्यक छ।’
लिङ्देनले शिक्षक आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताउँदै आन्दोलनको मोडेलमा परिवर्तन आवश्यक रहेको बताए। उनले भने,’हामी संसदमार्फत सरकारलाई दबाब दिनेछौं र शिक्षा ऐनलाई चाँडोभन्दा चाँडो ल्याउनका लागि सबै पहल गर्नेछौं। शिक्षक महासंघका नेता र सदस्यहरूले शिक्षा ऐनको शीघ्र पारित गर्नका लागि दबाब बढाउँदै आएका छन्।