
काठमाडौँ- प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ११७ रनको लक्ष्य दिएको छ।भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा लुम्बिनी ४४.१ ओभरमा ११६ रन बनाएर अलआउट भएको हो।
लुम्बिनीका लागि कप्तान देव खनालले ४१ र प्रज्वल थापाले ३० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। सुदूरपश्चिमका लागि हेमन्त धामीले ३ विकेट लिए। शेर मल्ल, मिलन बोहरा तथा सौर्य श्रेष्ठले २-२ विकेट लिए ।
प्रकाशित: ६ चैत २०८१ १२:४७
प्रतिक्रिया