पोखराको वन क्याम्पस स्ववियु निर्वाचनमा अखिलका अभिषेक निर्वाचित

हिमाल प्रेस ६ चैत २०८१ ९:४६
14
SHARES
पोखराको वन क्याम्पस स्ववियु निर्वाचनमा अखिलका अभिषेक निर्वाचित

पोखरा- पोखराको हरियोखर्कस्थित वन क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका अध्यक्ष निर्वाचित भएका छन्।

अनेरास्ववियुतर्फबाट संयुक्त प्यानलका उम्मेदवार अभिषेक शर्मा निर्वाचित भएका हुन्। उनले कुल खसेको मतको २३० प्राप्त गरेको निर्वाचन समिति संयोजक डा. रामप्रसाद शर्माले जनाए।

स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) मिलेर चुनाव लडेका थिए। सचिवमा गौरव खड्का निर्वाचित भए।

अखिल क्रान्तिकारी खड्काले २२६ मत प्राप्त गरेका छन्। कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिभा श्रेष्ठ निर्वाचित भइन्। उनले २२४ मत ल्याइन्। सदस्यमा अनेरास्ववियुबाट सुनिल सिंह भण्डारी, सिद्धान्त खनाल, अखिल क्रान्तिकारीतर्फबाट रीया श्रेष्ठ, प्रकट ढुंगाना र भिभोर शाह निर्वाचित भए।

यहाँ कुल ४५० मतदातामध्ये ८५ प्रतिशत मतदान भएको थियो। वन क्याम्पसमा यसअघि २०७९ मा पनि अनेरास्ववियुले बाजी मारेको थियो।

प्रकाशित: ६ चैत २०८१ ९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast