
पोखरा- पोखराको नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ। स्ववियु निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रतिभा भण्डारीले नेविसंघबाट अध्यक्षकी उम्मेदवार रचना पौडेललाई फराकिलो मतान्तरले पराजित गदै निर्वाचित भएकी हुन्।
भण्डारीले कुल खसेको ३४७ मतमा २४५ मत प्राप्त गरिन्। रचनाले १०२ मत प्राप्त गरिन्। यहाँ ३४९ मतदाता रहेकोमा २ जना अनुपश्चित थिए।
सचिवमा सलिना श्रेष्ठ, कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित भइन्। प्रत्यक्षतर्फ सदस्यमा दीपा आचार्य, हिमानी थारु, कोमल रावत क्षेत्री, अजिता घर्ती मगर, सचिना सोमाई मगर निर्वाचित भए। समानुपातिकतर्फ अनेरास्ववियुले २७० मत र नेविसंघले ७५ मत प्राप्त गरेको छ। अनेरास्ववियुबाट समानुपातिकमा १० जना उम्मेदवार छन्।
२०७३ सालमा नेवि संघले चुनाव जितेको नर्सिङ क्याम्पसमा २०७९ मा भने अनेरास्ववियुका उम्मेदवारविरुद्ध नेविसंघ अदालत गएको थियो। जसका कारण चुनाव हुन सकेको थिएन।
चुनाव जितेपछि क्याम्पसमा अनेरास्ववियुले मंगलबार राति विजय उत्सव मनाएको थियो ।