स्ववियु निर्वाचन : रूपन्देहीका तीन क्याम्पसमा नेविसंघ विजयी

विनोद परियार ६ चैत २०८१ ९:३१
20
SHARES
स्ववियु निर्वाचन : रूपन्देहीका तीन क्याम्पसमा नेविसंघ विजयी

लुम्बिनी- रूपन्देहीका विभिन्न क्याम्पसमा भएको स्ववियुको निर्वाचनमा नेविसंघले जित हात पारेको छ। रूपन्देहीको शुद्धोधन गाउँपालिका-३ रमुवापुरस्थित यज्ञोदय दुधनाथ थारु बहमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ।

आदेश रानाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको नेविसंघको टीमले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अनेरास्वविय क्रान्तिकारी र अनेरास्ववियु समाजवादीको संयुक्त टिमलाई पराजित गर्दै प्यानल नै विजयी भएको हो।

नेविसंघका राना ३१५ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन्। सचिवमा नेविसंघकै रम्भा थारुले ३ सय ९ मत ल्याएर विजयी भइन् भने कोषाध्यक्षमा ३ सय २३ मत ल्याएर माधवकुमार कंडेल निर्वाचित भएको निर्वाचन अधिकृत भीम प्रसाद सापकोटाले जानकारी दिए।

संयुक्त प्यानलकी साझा उम्मेदवार अञ्जिता चौधरीले १ सय ४४ मत प्राप्त गरेको भएको निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए । ५५० मतदाता रहेको यज्ञोदयमा ४ सय ६७ मत खसेको सोपकोटाले जानकारी दिए।

यस्तै रूपन्देहीकै कञ्चन गाउँपालिकामा अवस्थित हरैया बहुमुखी क्याम्पस कञ्चन–३ रूपन्देहीमा स्वबियु निर्वाचनको मत गणना सकिएको छ। मत परिणाम अनुसार नेबिसंघ तथा अखिल क्रान्तिकारीको संयुक्त प्यानल बिजयी भएको छ।

निर्वाचन अधिकृत रामजी आचार्यका अनुसार नेविसंघ तथा अखिल क्रान्तिकारीको संयुक्त प्यानलका अध्यक्ष पदका उमेद्वार जीवन कुमार धबलले २८५ मत प्राप्त गर्दा अनेरास्वबियु तथा जनमत विद्यार्थी संघको संयुक्त प्यानलका अध्यक्ष पदका उमेद्वार राजेश यादबले १३५ मत प्राप्त गरेका छन। ५०३ मतदाता रहेको क्याम्पसमा आज ४२४ मत खसेको थियो।

यता सियारी गाउँपालिका–४ छपियास्थित लिलाधर घिमिरे जनता कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ। २ सय ३१ कुल मतदाता रहेको कलेजमा २ सय १६ मत खसेको थियो।

जस अन्तरगत नेविसंघले १ सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत कमला भण्डारीले जानकारी दिइन्। भण्डारीका अनुसार नेविसंघका आशिस जयसवालले १ सय १७ मतसहित सभापतिमा निर्वाचित भएका छन्।

त्यसैगरी सचिवमा विष्णु प्रसाद केवटले १ सय २२ मत प्राप्त गर्दै विजयी भएका छन् भने कोषाध्यक्षमा १ सय २५ मतसहित रिना यादव विजयी भएको निर्वाचन अधिकृत भण्डारीले बताइन्। सदस्यहरूमा रविन्द्र कोहार, सुरज यादव, गीता धोबी, सविता थारु र ओमप्रकाश नाउँ विजयी भएका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट सभापतिको उम्मेदवार बनेका जगदीश यादवले ९६, सचिवका उम्मेदवार पुष्पा यादवले ८८ र कोषाध्यक्षका उम्मेदवार सन्तोष कुम्हालले ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिइन्।

उनले २ सय १६ मत खसेकोमा २ वटा मत बदर भएको बताइन्। रूपन्देहीमा भएका क्याम्पसहरुमा भएको निर्वाचनमध्ये लिलाधर घिमिरे छपिया जनता कलेजले सबैभन्दा पहिला नतिजा सार्वजनिक गरेको हो।

नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र विप्लव निकट अखिल समाजवादी गरी ४ वटा संगठन दर्ता भएकोमा नेविसंघ र अनेरास्ववियु मात्रै चुनावमा प्रतिष्पर्धा गरेका थिए।

रूपन्देहीका ठूला क्याम्पसहरुमा भने विवादका कारण निर्वाचन स्थगित छ । बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वणिज्य क्याम्पस, सिद्धार्थ क्याम्पसमा तालाबन्दीका कारण स्ववियू निर्वाचन हुन सकेको छैन।

प्रकाशित: ६ चैत २०८१ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast