पीएम कप ; ३ खेल हुँदै

हिमाल प्रेस ६ चैत २०८१ ८:१७
4
SHARES
पीएम कप ; ३ खेल हुँदै

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगितामा आज ३ खेल हुँदैछन्।

सिद्धार्थ रंगशाला दाङमा गण्डकी प्रदेश र नेपाल पुलिस भिड्दैन् भने दाङकै एक्स्ट्रा टेक क्रिकेट रंगशालामा सु्दूरपश्चिम प्रदेश र लु्म्बिनी प्रदेश प्रतिस्पर्धा गर्दैछन्। यता दाङको देउखुरी क्रिकेट रंगशालामा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लव आमनसामने हुँदैछन्।

यी ३ खेल अहिले ९ बजे सुरु हुनेछन्। हालसम्म नेपाल पुलिस र त्रिभुवन आर्मी सबै खेलमा अपराजित रहँदै शीर्षमा छन्। पुलिसले ५ खेलबाट ५ जित निकाल्दै १० अंक बटुलेको छ भने आर्मी पनि समान खेलमा समान जित निकाल्दै दोस्रोमा छ।

पुलिस र आर्मीबीच रेनरेटका आधारमा मात्र पहिलो र दोस्रो स्थानमा दर्ज छन्। यता लुम्बिनी ५ खेलबाट ४ जित र एक हारसहित ८ अंकसहित तेस्रो छ। एपीएफ ५ खेलबाट ३ जित र दुई हारसहित ६ अंक बटुलेर पाँचौ स्थानमा छ। गण्डकी पाँचौ, मधेश छैटौँ, कोशी सातौँ रहँदा सुदूरपश्चिम सबैभन्दा तल्लो स्थान अथवा १० औँ स्थानमा छ।

प्रकाशित: ६ चैत २०८१ ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast