बलिउड फिल्ममा निकिताको इन्ट्री

हिमाल प्रेस ५ चैत २०८१ १७:३५
22
SHARES
बलिउड फिल्ममा निकिताको इन्ट्री

काठमाडौँ- मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले बलिउड फिल्म खेल्ने भएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भारतका चर्चित निर्देशक सञ्जय लिला भन्सालीसँग फोटो सेयर गर्दै बलिउड यात्रा सुरु भएको जानकारी दिएकी हुन्।

निर्देशक भन्सालीसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको भन्दै उनले लेखेकी छन्, ‘सञ्जय लीला भन्साली सरको सिने जगतको सानो हिस्सा बन्न पाउँदा धेरै कृतज्ञ र उत्साहित छु। भारतमा मेरो पहिलो योजना यो भन्दा राम्रो हुन सक्दैन।’ उनले आफ्नो कामबारे खुलाइकी छैनन्।

अभिनेत्री मनिषा कोइरालापछि निर्देशक भन्सालीसँग सहकार्य गर्ने दोस्रो नेपाली कलाकार हुन् निकिता। निर्देशक भन्साली यतिबेला २ सय करोडमा फिल्म ‘लभ एन्ड वार’ बनाइरहेका छन्। फिल्ममा रणवीर कपूर, विक्की कौशल र अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा छन्।

निकिता अभिनीत फिल्म ‘राजागंज’मा हलमा प्रदर्शनरत छ। फिल्ममा उनी इन्सपेक्टर ममता गुप्ताको भूमिकामा छिन्। उनको अभिनयको प्रशंसा पनि भइरहेको छ। फिल्मका निर्देशक दीपक रौनियार हुन्। निकिताको यो तेस्रो फिल्म हो।

उनले विराज भट्ट निर्देशित ‘साङ्लो’बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन्। दोस्रो फिल्म ‘द सेमलेस’ मा उनको अभिनय छ। फिल्मका निर्देशक बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोन्जोभ हुन्।

प्रकाशित: ५ चैत २०८१ १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast