चोकको नाम राख्न विवाद हुँदा धनुषामा गोली चल्यो

हिमाल प्रेस ४ चैत २०८१ १७:०६
26
SHARES
चोकको नाम राख्न विवाद हुँदा धनुषामा गोली चल्यो

काठमाडौँ- धनुषामा चोकको नाम राख्न विवाद हुँदा प्रहरीले गोली चलाएको छ। धनुषाको सबैला नगरपालिका–९ भठिहनमा चोकको नाम राख्न दुई पक्षबीच विवाद भएको हो।

भठिहनस्थित भैरव चोकलाई हटाएर एक समुदायले ‘यादव चोक’ राख्न खोजेपछि उत्पन्न भएको विवाद तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा प्रहरीले चलाएको गोली लागेर सहिदनगर नगरपालिका–१ कुम्भकरणका सन्तोष यादव घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले स्थिति तनावग्रस्त बनेपछि प्रहरीले एक राउण्ड गोली चलाएको जानकारी दिए।

‘स्थिति अनियन्त्रित भएपछि प्रहरीले गोली चलाउनु परेको हो,’ तिवारीले हिमालप्रेससँग भने,‘गोली लागेर एक जना घाइते भएका छन्।’

उनका अनुसार घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। एसपी तिवारीले घटनास्थलमा तीन सय प्रहरी परिचालन भएको र स्थिति नियन्त्रणमा रहेको जानकारी दिए।

चोकको नाम राख्ने विषयमा विवादमा हुँदा दुवै पक्षले ढुंगामुढा गरेका थिए। ढुंगामुढामा केही प्रहरीसमेत घाइते भएको बताइएको छ। स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बलको तर्फ बाट ७ सेल अश्रुग्यास प्रहार भएको छ भने ८ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

यसअघि चलनचल्तीमा रहेको भैरव चोकको नाम परिवर्तन गरेर एक समुदायले ‘यादव चोक’ राख्न खोज्दा सबैलाको भठिहनमा पछिल्लो केही दिनदेखि विवाद चल्दै आएको छ।

प्रकाशित: ४ चैत २०८१ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast