त्रिविमै सर्‍यो स्ववियु चुनाव, कहिले होला?

हिमाल प्रेस ४ चैत २०८१ ८:२४
6
SHARES
त्रिविमै सर्‍यो स्ववियु चुनाव, कहिले होला?

काठमाडौँ- त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मिति सरेको छ। निर्वाचन समितिले आइतबार एक सूचना जारी गर्दै विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुने जानकारी दिएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सोमबार दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । उम्मेदवारहरूको अन्तिम नामावली पनि भोलि अपरान्ह ५ बजे नै सार्वजनिक हुने बताइएको छ ।

प्रकाशित: ४ चैत २०८१ ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast