
काठमाडौँ- स्पेनिस लालिगामा बार्सिलोनाले जितेको छ। आइतबार राति भएको खेलमा एथलेटिको मड्रिडलाई ४–२ गोलले हराउँदा बार्सिलोना लालिगाको शीर्ष स्थानमा पुगेको हो।
बार्सिलोनाका लागि फेरान टोरेस र लामिन यामालले गरेको गोल गरेका थिए। खेलमा २–० ले पछि परेको स्थिति उल्टाउँदै बार्साले जित दर्ता गरेको हो।
पहिलो हाफको ४५औँ मिनेटमा जुनियर अल्भारेजको गोलमा एथलेटिकोले सुरुवाती अग्रता बनाएको थियो। खेलको ७०औँ मिनेटमा अलेक्ज्यान्डर सोर्लोथको गोलमा एथलेटिको २–० ले अघि भएको थियो।
तर त्यसको २ मिनेटपछि नै रोबर्टो लेवानडोस्कीको गोलमा बार्सिलोनाले खेलमा फर्कने संकेत गरेको थियो। खेलको ७८औँ मिनेटमा फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक स्थितिमा पुग्यो।
इन्ज्युरी समयको दोस्रो मिनेटमा लामिन यामालले गोल गर्दै बार्सिलोनालाई ३–२ को अवस्थामा ल्याए। आठौँ मिनेटमा फेरान टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–२ को नाटकीय जित दिलाउन सफल भए।