
काठमाडौँ- इंग्लिस प्रियिमर लिगको दोस्रो टोली आर्सनलले चेल्सीविरुद्ध जित निकालेको छ। आइतबार रातिको खेलमा चेल्सीसँग १-० को कठिन जित दर्ता गरेको हो।
जितसँगै २९ खेलमा ५८ अंक जोडेको आर्सनल दोस्रो स्थानमा कायम छ । पराजित चेल्सी सामन खेलबाट ४९ अंकका साथ चौथो स्थानमा यथावत छ ।
इमिरेट्स रंगशालामा मिकेल मेरिनोले गरेको एकमात्रै गोल आर्सनललाई जित दिलाउन पर्याप्त बन्यो। उनले खेलको २०औं मिनेटमा मार्टिन ओडेगार्डको पासलाई पोस्टको दिशा दिए।
प्रकाशित: ४ चैत २०८१ ६:५४
प्रतिक्रिया