
काठमाडाैँ- बिहिबारदेखि प्रदर्शन भएको फिल्म ‘आउटलः दफा २१९’ले हलमा दर्शक तानिरहेको छ। शनिबार पनि फिल्म हेर्न दर्शकको चाप हलमा बाक्लै ।
काठमाडौँका हलमा दर्शकको चाप देखिएपछि यसका कलाकार तथा मेकरहरु हलमा भिजिटमा पुगे। नयाँ टिम र केही पुराना कलाकारको सहयोगमा बनेको फिल्मको बनावट र एक्सनले चर्चा पाइरहेको छ। फिल्मको क्लाइमेक्सको दृश्यले दर्शकको ध्यान खिचिरहेकाे टिमले जनाएकाे छ।
फिल्म हेरेपछि दर्शकले फिल्मको मेकिङ र एक्सनलाई दर्शकले हलिउड र बलिउड शैलीमा बनेको प्रतिक्रिया दिइरहेका छन्।
यही फिल्मबाट ४ वर्षपछि नायक सुशील श्रेष्ठ अभिनयमा फर्किए। सुशीलको कमब्याक कस्तो होला भन्ने उत्सुकता धेरैको मनमा थियो। सामाजिक सञ्जालमा पनि फिल्म हेरेर फर्किएका दर्शक र फिल्मीकर्मीले सुशीलको काम र मिहिनेतको प्रशंसा गरिरहेका छन्।
हलमा पुगेका सुशीललाई दर्शकहररुको प्रतिक्रियापछि उनी पनि अब निरन्तर काम गर्ने बताउँछन्। ‘दर्शकको प्रतिक्रिया सुन्दा आफूले गरेको मेहेनेतको प्रतिफल पाएजस्तो लागिरहेको छ।’ सुशीलले भने।