गण्डकीविरुद्ध कोशीको ९ ओभरमै जित

हिमाल प्रेस ३ चैत २०८१ ११:४३
6
SHARES
गण्डकीविरुद्ध कोशीको ९ ओभरमै जित

काठमाडौँ- प्रधानमन्त्री (पीएम) कपमा गण्डकी प्रदेशमाथि कोशी प्रदेशले सानदार जित निकालेको छ।

पहिलो इनिङ्समा ३१ रनमा १० विकेट लिएर समेटेको कोशीले दोस्रो इनिङ्समा ८ दशमलव २ ओभरमा १ विकेट गुमाएर गण्डकीमाथि जित निकालेको हो।

जितका लागि साकिब हकले १६ रन, चिराग साह १० र सोनु अन्सारीले ४ रन बनाउँदा जित हासिल गरेका थिए।

कोशीका लागि सकिब हकले अविजित १६ रन बनाए । चिराग साहले १० रन बनाउँदा सोनु अन्सारी भने ४ रनमा अविजित रहे। गण्डकीका लागि सुवास भण्डारीले १ विकेट लिए।

यस्तै, पहिले ब्याटिङ गरेको गण्डकी २०.४ ओभरमा ३१ रनमा अलआउट भयो। गण्डकीका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ९ रन बनाए । कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

कर्णालीका लागि विपिन महतोले ६ विकेट लिए। सो क्रममा उनले ८ ओभरमा १७ रन खर्चे । सो क्रममा उनले ३ मेडान ओभर पनि फाले। फिर्दोश अन्सारीले भने ३ विकेट लिए। उनले ८ ओभरमा १० रन खर्चे । साथै ५ मेडन ओभर फाले। दिपेश कंडेलले १ विकेट लिए ।

प्रकाशित: ३ चैत २०८१ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast