
काठमाडौँ- लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्।
आइतबार एपीएफ क्लब र कर्णाली प्रदेशको खेल भैरहवाको सिद्धार्थनगर मैदानमा हुनेछ।
अर्को खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी र बागमतीको खेल फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ। सबै खेल बिहान ९ बजे सुरु हुने छन्।
जारी प्रतियोगितामा चार खेल खेलेका आर्मी र पुसिको समान आठआठ अंक छ। रनरेटका आधारमा पुलिस शीर्ष स्थानमा छ भने आर्मी दोस्रो स्थानमा छ। यी दुवै टिम अपराजित छन्।
प्रकाशित: ३ चैत २०८१ ७:२३
प्रतिक्रिया