
काठमाडौँ- युगाण्डामा जारी चार देशीय शृंखलाअन्तर्गत नेपालले आज (आइतबार) तेस्रो स्थानको लागि हङकङ सँग खेल्दैछ। नेपाली समय अनुसार यो खेल अपराह्न १२ः ४५ बजेदेखि सुरु हुने छ। शृंखलामा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो।
नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो। नेपालले आयोजक युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो।
अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन्। त्यस्तै फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दैछन्।
प्रकाशित: ३ चैत २०८१ ७:१८
प्रतिक्रिया