घरेलु मैदानमै बराबरीमा सिटी, जोगाउन सकेन अग्रता

हिमाल प्रेस ३ चैत २०८१ ६:४७
2
SHARE
घरेलु मैदानमै बराबरीमा सिटी, जोगाउन सकेन अग्रता

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी घरेलु मैदानमै बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा सिटीलाई ब्राइटनले २-२ को बराबरीमा रोकेको हो।

खेलमा दुईपटक अग्रता लिएपनि सिटीले जोगाउन सकेन। सिटीका लागि एर्लिङ हालान्ड र ओमार मरमाउशले १-१ गोल गरे। ब्राइटनका लागि पर्भिस इस्तुपिनयनले एक गोल गर्दा एक गोल उपहार पाएको थियो।

बराबरीपछि सिटी २९ खेलबाट ४८ अंकसहित पाँचौं स्थानमा छ भने ब्राइटन ४७ अंकसहित सातौं स्थानमा छ।

प्रकाशित: ३ चैत २०८१ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast