आइजीपी कप क्रिकेट : मधेश प्रदेश विजयी

हिमाल प्रेस २ चैत २०८१ १८:५२
10
SHARES
आइजीपी कप क्रिकेट : मधेश प्रदेश विजयी

काठमाडौँ– प्रथम आइजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेश प्रदेश प्रहरीले चुमेको छ।

नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा मुलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै उनले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने संगठनमा खेलकुदको महत्व अझ अधिक रहेको बताए। उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु संगठनका निम्ति गौरवको विषय रहेको बताए।

गत फागुन २७ गतेदेखि भएको प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली मैदानमा उत्रेका थिए।

प्रकाशित: २ चैत २०८१ १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast