
काठमाडौँ- प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्। आज सिदार्थ रंगशालामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश खेल्ने छन् भने देउखुरी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र मधेश प्रदेशबीच खेल हुनेछ। दुवै खेलहरू ९ बजे सुरु हुनेछन्।
त्रिभुवन आर्मी क्लबले हालसम्म खेलेका तीनवटै खेल जितेको छ भने कोशीले तीनवटै खेलमा हार व्यहोरेको छ। सातौं दिनको खेलसम्म आइपुग्दा कोशी अहिलेसम्मको एकमात्र जितविहीन टोली हो।
नेपाल पुलिसले पनि तीन खेल नै जितेको छ भने मधेश प्रदेशले २ खेलमा १ जित निकालेको छ।
अहिलेसम्म ३ खेलमा ३ खेल जितेका दुई टोलीहरू त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब समान ६ अंकका साथ अंकतालिकामा शीर्ष २ मा छन्।
प्रकाशित: २ चैत २०८१ ७:२२
प्रतिक्रिया