नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा सिन्धुलीमा शिक्षक भलिबल प्रतियोगिता

हिमाल प्रेस १ चैत २०८१ १३:२५
8
SHARES
नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा सिन्धुलीमा शिक्षक भलिबल प्रतियोगिता

सिन्धुली- नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ।

तीन दिन सञ्चालन हुने प्रतियोगिताको नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले शुभारम्भ गरिन्। उनले पहिलोपटक आयोजना गरिएको शिक्षकहरूको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरिन्।

प्रतियोगिताले शिक्षकहरूबीच आत्मीयता, सहकार्य र समझदारी बढाउँदै विद्यालय र समुदायमा सामूहिक भावना बलियो बनाउनेमा उनले विश्वास व्यक्त गरिन्।

खेलकुदले स्वस्थ प्रतिस्पर्धा, अनुशासन, धैर्यता र परिश्रमको महत्व सिकाउने र यो विद्यार्थीका लागि पनि प्रेरणादायी हुने उनको भनाइ थियो। प्रतियोगिताले सकारात्मक सन्देश दिएको उनले  बताइन्।  ‘शिक्षकहरू पठनपाठनमा मात्रै सीमित छैनन् खेलकुद, नेतृत्व र सामूहिक कार्यमा पनि अब्बल छन् भन्ने प्रतियोगिताले पुष्टि गर्छ,’ उनले भनिन्।

प्रतियोगितामा कमलामाई नगरका ११ वटा टोली सहभागी भएको नेपाल राष्ट्रिय शिक्षक संगठन कमलामाई नगरसमितिका अध्यक्ष दीपककुमार बुढाथोकीले जानकारी दिए।  प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रो हुनेले  १५ हजार र तेस्रो हुनले १० हजारका साथै पदक प्रदान गरिनेछ।

प्रतियोगिताले विद्यार्थीलाई खेलप्रति आकर्षित गर्ने र खेल संस्कृतिको विकास गर्ने उनको भनाइ थियो। प्रतियोगिता सञ्चालनपछि विद्यालयस्तरमा खेल पूर्वाधारको विकास हुने आयोजकको अपेक्षा रहेको उनले बताए।

प्रकाशित: १ चैत २०८१ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast