विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण

हिमाल प्रेस १ चैत २०८१ ८:३१
8
SHARES
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण

नेपालगन्ज- बाँकेको कोहलपुर नगरपालिकामा अति विपन्न समुदायका लागि ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु गरिएको छ। यो बस्ती नगरपालिकाको पहलमा छिमेक सेवा समाजद्वारा निर्माण थालिएको हो जसले चिडिमार र खटिक समुदायका परिवारलाई पक्की घर उपलब्ध गराउने छ।

नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत कोहलपुर नगरपालिकाको वडा नं.१४, हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक समुदायका लागि पहिलो चरणमा आठ घर बनाइने छन्। यी परिवारहरू जो वर्षौंदेखि छाप्रोमा कठिन जीवनयापन गर्दै आएका थिए। अब पक्की घरमा बस्न पाउने छन्।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार विपन्न समुदायको जीवनस्तर सुधार्ने काम स्थानीय सरकारको जिम्मेवारी हो र यसैका कारण नमूना बस्ती निर्माण कार्यक्रम सुरु गरिएको हो।

यस परियोजनामा अन्य स्थानमा पनि विपन्न समुदायका लागि बस्ती निर्माण गर्ने योजना छ। हवल्दारपुरमा लगभग ३० परिवार चिडिमार र खटिक समुदायका बसोबास गर्दै आएका छन्। आठ वटा घरका लागि ४० लाख लागत खर्च हुने छ। शौचालय, पानी र बाटोको व्यवस्थापनका लागि स्थानीय सरकारले सहयोग गर्ने जानकारी पनि दिइएको छ।

सामाजिक अभियन्ता एलबी कार्कीका अनुसार निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यी पक्की घर दुई कोठाका हुनेछन् र झुप्रोमा बस्दै आएका परिवारलाई अब सस्तो र सुरक्षित आवासको सुविधा मिल्ने छ।

पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओम प्रकाश चिडिमार र माताप्रसाद कुर्मीलगायतका विपन्न परिवारहरूलाई नयाँ घर मिल्नेछन्।

प्रकाशित: १ चैत २०८१ ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast