कालीकोटमा किशोरको हत्या, पाँच जना पक्राउ

हिमाल प्रेस २९ फागुन २०८१ १६:०३
14
SHARES
कालीकोटमा किशोरको हत्या, पाँच जना पक्राउ

कालीकोट- खाँडाचक्र नगरपालिका-१० चौकीमा एक किशोरको हत्या भएको छ। बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको समयमा रमाइलो हेर्न आएका युवाहरूबीच भएको झगडामा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो।

झगडामा १६ वर्षीय भूपेन्द्र शाही पनि घाइते भएका छन्। झगडामा खुकुरी प्रहारका कारण राजेशको मृत्यु भएको जनाइएको छ।

सदरमुकाम मान्माबाट ३५ किलोमिटर टाढा रहेको चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगेर घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताएका छन्। ‘घटनामा संलग्नलाई पक्राउ गरेका छौँ र पाँचैजना १८ वर्षमुनिका छन्,’ उनले भने।

प्रकाशित: २९ फागुन २०८१ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast