
काठमाडौँ- प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई २६३ रनको लक्ष्य बनाएको छ। भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा आर्मीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २६२ रन बनाएको हो।
आर्मीका लागि तृत राज दास र कप्तान विनोद भण्डारीले अर्धशतकीय पारी खेले। उनले ८४ बलमा १० चौका प्रहार गरेर ६९ रन बनाए। विनोदले ६४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए ।
कर्णालीका लागि प्रकाश जैसीले ४ विकेट लिए । उनले १० ओभरमा ६४ रन खर्चे । दिनेश अधिकारीले ३ विकेट लिए । सुनिल धमलाले २ विकेट लिए ।
प्रकाशित: २९ फागुन २०८१ १३:०८
प्रतिक्रिया