
काठमाडौँ- प्रधानमन्त्री कप क्रिकेटमा मधेसले एपीएफ क्लबलाई १६९ रनको लक्ष्य बनाएको छ ।लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा मधेसले ४०.४ ओभरमा १६८ रनमा अलआउट भएको हो ।
मधेसका लागि पवन सर्राफले अर्धशतकीय पारी खेले । पवनले ७७ बलमा ८ चौका र ५ छक्का प्रहार गरेर ७७ रन बनाए। कप्तान अनिल साहले १७ र मयन यादवले ११ रन बनाए। रुपेश सिंह र प्रदिप पास्वानले १०–१० रन बनाए ।
एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए। कमलले ९ ओभरमा ५५ रन खर्चे । सोक्रममा उनले १ मेडन ओभर पनि फाले । भुवन कार्की र रोहित पौडेलले २–२ विकेट लिए । अभिषेक गौतमले १ विकेट लिए ।
प्रकाशित: २९ फागुन २०८१ १२:५९
प्रतिक्रिया