‘राजागंज’ हेर्न पुगे पूर्वप्रधानमन्त्री बाबुराम, यस्ताे भन्छन् फिल्मकर्मी (तस्बिरसहित)

हिमाल प्रेस २९ फागुन २०८१ १२:३६
12
SHARES
‘राजागंज’ हेर्न पुगे पूर्वप्रधानमन्त्री बाबुराम, यस्ताे भन्छन् फिल्मकर्मी (तस्बिरसहित)

काठमाडौँ- फिल्म ‘राजागंज’ को बुधबार काठमाडौँ कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर आयोजना गरिएको छ।

प्रिमियर सो मा फिल्म हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधि सभा सांसद अमरेश कुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक  मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्के, अभिनेता नाजिर हुसेनलगायत फिल्म निर्माण टिम तथा पत्रकारहरुको बाक्लो उपस्थिति थियो।

फिल्म हेरिसकेपछि अधिकांशले मधेश आन्दोलनको क्रममा उत्पन्न मधेशी र पहाडी समुदायबीच घटनालाई सुक्ष्म ढंगले देखाइएको प्रतिक्रिया दिए।

‘राजागंज’ मधेश आन्दोलनको सेरोफेरोमा निर्माण भएको र आफू त्यसको प्रत्यक्षदर्शी भएको बताउँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फिल्म तथ्यपरक रहेको बताए।

 

महिला नेतृ हिसिला यमीले राजागंज उत्कृष्ट बनेको प्रतिक्रिया दिइन्। उनले फिल्ममा सेन्सर गरिएको दृश्य नकाट्नुपर्ने पनि तर्क गरिन्। ‘फिल्ममा आमाको बच्चा पाउने अधिकार माथि जुन एउटा कुठाराघात भयो, अनि एउटा जन्मिन लागेको बच्चा नजन्मिँदै उसको भ्रुण हत्या भयाे भने के हुन्छ? त्यस्तै तपाईहरुको फिल्मलाई पनि कसैले सेन्सर गर्यो भने त्यो बच्चा जन्मिँदैन। त्यसको भाव सबै मर्छ भन्ने मेरो भाव हो। त्यसैले राजागंजको कुनै पनि दृश्य नहटाई रिलिज गरिनुपर्छ, नेतृ यमीले भनिन्।

अभिनेत्री लुनिभा तुलाधरले हिरो भनेको पुरुष मात्रै नहुने र त्यसको उमेर रंगले केही पनि फरक नपार्ने कुरा फिल्मले देखाएको बताइन्। यस्तै, अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्माले पनि फिल्म राम्रो बनेकाले सम्पूर्ण फिल्मप्रेमीलाई हेर्न अनुरोध गरे।

अभिनेता नाजिर हुनेनले पनि मधेश आन्दोलनको कथा उत्कृष्ट रहेको भन्दै जति मधेशी र पहाडीबीच विभेद छ, त्यति नै मधेशी मेधेशीबीच पनि विभेद रहेकाले त्यस्ता कुरालाई अन्त्य गर्न आवश्यक रहेको बताए।

सो मा फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई, अभिनेत्री आशा मगराती, निर्देशक दीपक रौनियारलगायतले फिल्मले पाएको प्रतिक्रियाबाट थप हौसला मिलेको उल्लेख गरे। भोलि अर्थात् चैत्र १ देखि प्रदर्शन हुनेछ।

प्रकाशित: २९ फागुन २०८१ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast