क्यानले गर्‍यो खेलाडीहरूको वर्गीकरण, को कुन श्रेणीमा?

हिमाल प्रेस २८ फागुन २०८१ २०:०३
32
SHARES
क्यानले गर्‍यो खेलाडीहरूको वर्गीकरण, को कुन श्रेणीमा?

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरूको वर्गीकरण गरेको छ। क्यानले पुरुषतर्फ पाँच र महिलातर्फ विभिन्न चार श्रेणीमा खेलाडीहरूको वर्गीकरण गरेको हो।

क्यानले ग्रेड ‘ए’ मा पाँच खेलाडीलाई राखेको छ। ग्रेड ‘ए’ मा पुरुषतर्फ रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आशिफ शेख छन्।

त्यस्तै ग्रेड ‘बी’ मा करण केसी, कुशल भुर्तेल, गुलशन झा, ललित राजवंशी र अनिल साह रहेका छन्।

ग्रेड ‘सी’ मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल रहेका छन्। त्यस्तै ग्रेड ‘डी’ मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहोरा र मयन यादव रहेका छन्।

इमर्जिङमा अर्जुन घर्ती, हेमन्त धामी, दीपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल, सुभ कंशकार र सन्तोष यादव छन्।

क्यानले पुरुषतर्फ ग्रेड ‘ए’ का लागि एक लाख, ‘बी’ का लागि ७० हजार, ‘सी’ का लागि ५५ हजार, डोमेस्टिकका लागि ३५ हजार र इमर्जिङका लागि २५ रुपैयाँ पारिश्रमिक तोकेको छ।

त्यस्तै क्यानले महिला खेलाडीहरूको वर्गीकरण गरेको छ। महिलातर्फ क्यानले विभिन्न चार श्रेणीमा खेलाडीहरूको वर्गीकरण गरेको हो।

महिलातर्फ क्यानले ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता राना मगरलाई राखेको छ।

त्यस्तै ग्रेड ‘बी’ मा कविता जोशी, ग्रेड ‘सी’ मा कविता कुँवर र सम्झना खड्का रहेका छन्।

त्यस्तै ग्रेड ‘डी’ मा विन्दु रावल, अलिशा यादव, साना प्रविन, रिया शर्मा, सीमा केसी, साबित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृष्मा गुरुङ, जोत्सनिका मारासिनी, रचना चौधरी र मनिषा उपाध्याय रहेका छन्।

क्यानले महिलातर्फ ग्रेड ‘ए’ खेलाडीलाई ५० हजार, ग्रेड ‘बी’ का लागि ३५ हजार, ‘सी’ का २५ हजार र ‘डी’ का २० हजार रूपैयाँ पारिश्रमिकको व्यवस्था गरेको छ।

प्रकाशित: २८ फागुन २०८१ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast