पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक

हिमाल प्रेस २८ फागुन २०८१ १९:४०
12
SHARES
पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले नेपाल सरकार निजी क्षेत्रसँग मिलेर व्यवसायिक वातावरण निर्माण गर्ने कुरामा अगाडि बढेको बताएका छन्।

बुधबार काठमाडौँमा टानद्वारा आयोजित लोसार कार्यक्रममा गृहमन्त्री लेखकले व्यवसायिक वातावरण निर्माणका लागि सरकारले अध्यादेश जारी गरेको बताए।

‘व्यवसायिक वातावरण निर्माणका लागि सरकारले भर्खर केही अध्यादेश जारी गरेको छ। अध्यादेश संघीय संसदबाट स्वीकृत भइसकेका छन्। आजमात्र ती अध्यादेशलाई प्रतिस्थापन गर्ने गरेर केही  विधेयक अगाडि बढाएका छौँ,’ उनले भने।

निजी क्षेत्रले पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धिका लागि अगाडि बढ्दा उत्पन्न हुने समस्या समाधान गर्न नेपाल सरकार तयार रहेको गृहमन्त्री लेखकले बताए।

‘तपाईँको व्यवसायलाई सरल, सहज, पर्यटनमैत्री कसरी बनाउन सकिन्छ? त्यसका लागि नेपाल सरकार तपाईँहरुसँग मिलेर काम गर्न तयार छ,’ उनले भने।

पर्यटन व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको गृहमन्त्री लेखकले बताए। ‘तपाईँहरुले भिसाको कुरा गर्नु भएको छ। कतिपय क्षेत्रमा आवागमन अवरुद्धको कुरा उठाउनु भएको छ। यसको सहजता र सरलताका लागि हामी तयार छौँ। यी विषयमा छलफलका लागि सम्बन्धित मन्त्रालयमा आउनुहोस्,’ उनले भने।

पर्यटनको विकासका लागि टानले योगदान गरेको भन्दै पर्यटन व्यवसायीको लगानीलाई सुरक्षित गर्न सरकार तयार रहेको उनको भनाइ छ।

गृहमन्त्री लेखकले टानले विदेशी पर्यटनलाई नेपालमा आकर्षण गर्नका लागि टानले राम्रो काम गरेको बताए।

‘हामीसँग प्राकृतिक सम्पदा छ, प्राकृतिक सुन्दरता छ। नेपाल सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ। भाषिक सभ्यता र संस्कृतिका महत्त्वपूर्ण धरोहर छन्। टानले विदेशी पर्यटनलाई आकर्षण गर्न राम्रो काम गरेको छ

प्रकाशित: २८ फागुन २०८१ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast