‘प्रतिगमनकारीहरुलाई परास्त गर्न एकजुट हौऔँ’

हिमाल प्रेस २८ फागुन २०८१ १७:१९
24
SHARES
‘प्रतिगमनकारीहरुलाई परास्त गर्न एकजुट हौऔँ’

लुम्बिनी– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धमिलो पानीमा माछा मार्न सकिन्छ की भनेर प्रतिगमनकारीहरु टाउको उठाउन खोजेको बताएका छन्।

उनले कांग्रेस एमाले गठबन्धन सरकारको गैरजिम्मेवारीका कारण प्रतिगमनकारीले टाउको उठाउन खोजेको बताउँदै त्यसलाई जनताले परास्त गरिसकेको बताए।

नेकपा माओवादी केन्द्रनिकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैठौँ राष्ट्रिय सम्मेलनको बुधबार बुटवलमा उद्घाटन समरोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

उनले जनताले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने दुष्प्रयासलाई परास्त गर्न फेरी एकपटक एकजुट हुने बेला आएको बताए। प्रचण्डले संसद विघटनको बेलामा लाखौँ जनतालाई सडकमा उतारेर संविधानको रक्षा गरेको भन्दै फेरी जनताको लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गगणतन्त्रविरुद्ध प्रतिगनकारीहरुले टाउको उठाउन खोज्नेहरुका विरुद्ध फेरि एक पटक सडकमा उत्रिन अपिल गरे।

उनले उत्पीडित वर्ग समुदायले प्राप्त गरेको समावेशिता, संघीयता, धर्मनिरपेक्षतासहितको गणतान्त्रिक संविधानका विरुद्ध प्रतिगमनकारीविरुद्ध धावा बोल्न सबैलाई साथ दिन समेत आग्रह गरे।

‘मधेशको अभियानमा थियौँ हामी तर, काठमाडौँमा प्रतिगामीहरुले टाउको उठान खोजेपछि त्यसलाई हँुकार भर्न काठमाडौं फर्कियौँ’ अध्यक्ष प्रचण्डले भने, ‘गणतन्त्रको जन्मदाता माओवादी केन्द्र नै हो, धमिलो पानीमा माछा मार्न दिदैनौँ।’

उनले आफूले संसदमा समेत गणतन्त्रको रक्षाका लागि बोलेको र सरकारलाई समेत खबरदारी गरेको बताए।

‘प्रतिगमनकारीविरुद्ध पनि हामी धावा बोल्छौँ, काँग्रेस एमाले गठबन्धनले गरेको खराब कामका विरुद्ध पनि लड्छौँ,’ अध्यक्ष प्रचण्डले भने।

उनले सरकारले भ्रष्टचारीलाई संरक्षण गर्दा त्यसबाट नागरिकमा असन्तुष्टी पैदा भएको बताए। प्रचण्डले उत्पीडित जाति समुदायको बलमा माओवादी पार्टी स्थापित भएको बताउँदै सरकारमा रहँदा त्यसलाई भुलेको स्विकार गरे।

‘कहिले काँग्रेस त कहिले एमालेसँग रहँदा हामीमा पनि रोग स¥यो,’ प्रचण्डले भने, ‘हामी त्यही रोगको उपचारका लागि उत्पीडित जनताको घरघरमा पुगेर माफी मागेर गर्दैछौँ।’

उनले माओवादीलाई जनयुद्धका बेलामा उत्पीडित वर्ग समुदाय, किसान, दलित, आदिवासि जनजातीहरुले दिएको स्मरण गर्दै अहिले जनतासँग टुटेको सम्बन्ध जोड्ने अभियानमा निस्केको बताए।

प्रचण्डले आफू समस्या भएको बेलामा माओवादीको आधार इलाका रोल्पा, रुकुममा गएर मगर समुदायकै सुझाव लिने गरेको स्मरण गर्दै नेपालको राजनीतिक परिवर्तनमा विशिष्ट योगदान रहेको बताए।

सम्मेलनमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन मगर, मोर्चाका इन्चार्ज ओनसरी घर्ती मगरलगायतले बोल्दै गणतन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने बेला आएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast