‘राजतन्त्र पुन : स्थापना गर्ने दिवास्वप्न नदेखे हुन्छ’

हिमाल प्रेस २८ फागुन २०८१ १५:५४
18
SHARES
‘राजतन्त्र पुन : स्थापना गर्ने दिवास्वप्न नदेखे हुन्छ’

काठमाडौँ- सांसदहरूले गणतन्त्रवादी शक्ति एकजुट हुँदै गणतन्त्र र संविधानको रक्षाका लागि जोड दिएका छन्। राजसंस्थाका पक्षमा प्रदर्शनहरू बाक्लिन थालेपछि सांसदहरूले यस्तो बताएका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले गणतन्त्र र संविधानको रक्षा गर्न गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताए। उनीहरूले सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै जनताप्रति उत्तरदायी बन्न आग्रह गरे।

सांसद सोविता गौतमले गणतन्त्रमा हुर्किएका नयाँ शक्तिलाई झुटा मुद्दा लगाएर सरकारले दमन गरेको आरोप लगाइन्।

संसद सुशीला सिर्पाली ठकुरीले सरकार जनताप्रति उत्तरदायी नहुँदा प्रतिक्रियावादी शक्ति सल्बलाउन थालेको बताउँदै सरकार देश र जनताप्रति जवाफदेही बन्नुपर्ने उल्लेख गरे।

सांसद हितबहादुर तामाङले संविधान र गणतन्त्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले राजतन्त्र पुनः स्थापना गर्ने दिवास्वप्न नदेख्न चुनौती दिए।

सांसद हर्कमाया विश्वकर्माले जातीय विभेदलाई बढावा दिने र समाज बिथोल्ने गतिविधिमाथि प्रतिबन्ध लगाउन सुझाव दिए।

सांसद सञ्जयप्रसाद गौतमले नेपाल–भारत सीमाका दशगजा क्षेत्रमा बसोबास गर्ने जनताको समस्या समाधानमा केन्द्रित हुन ध्यानाकर्षण गराए।

सांसद सूर्यप्रसाद ढकाल र हेमराज राई सरकार देश र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।

प्रकाशित: २८ फागुन २०८१ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast