शिक्षकहरूले घेरे एमाले मुख्यालय

हिमाल प्रेस २८ फागुन २०८१ १५:५६
20
SHARES
शिक्षकहरूले घेरे एमाले मुख्यालय ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा धर्ना दिन पुगेका शिक्षकहरू।

काठमाडौँ– नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका क्रममा बुधबार नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको छ। सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले एमाले मुख्यालयमा धर्ना दिएका हुन्। सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा अब जारी हुने विद्यालय शिक्षा ऐनमा समेट्नुपर्ने माग महासंघको छ।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उदेश्यले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। यस पटकको आन्दोलन निर्णायक भएको भन्दै उनले चाँडोभन्दा चाँडो विधालय शिक्षा ऐन अघि बढाउन आग्रह गरे।

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत ५ गतेसम्म बिभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ। चैत ७ गतेदेखि ५ गतेसम्म काठमाडौँमा रिले अनशन र चैत २० गतेबाट अनिश्चितकालीन काठमाडौँ केन्द्रीत सडक आन्दोलन गर्ने महासंघको कार्यतालिका छ। महासंघले मंगलबार कांग्रेस मुख्यालय सानेपामा धर्ना दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast