
काठमाडौँ- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको आजको खेलमा पुलिसले कोशीसामू बलियो लक्ष्य प्रस्तुत गरेको छ।
एकस्ट्राटेक ओभल मैदानमा भइरहेको टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन बनायो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । त्यस्तै दिलिप नाथले ६१ रन बनाए ।
राशिद खान र अर्जुन साउदले समान ३८ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्शन झाले २१ रन बनाए । कोशीका भुपाल लुइटेलले १० ओभरमा ३७ रन दिएर ३ विकेट लिए । प्रकाश कार्कीले २ तथा दिपेश कँडेल, फिर्दोश अन्सारी र शर्वन किस्कुले १-१ विकेट लिए ।
प्रकाशित: २८ फागुन २०८१ १२:५५
प्रतिक्रिया