प्रचण्डको अभिव्यक्ति खेदजनक : एमाले

हिमाल प्रेस २७ फागुन २०८१ १८:००
18
SHARES
प्रचण्डको अभिव्यक्ति खेदजनक : एमाले महेश बर्तौला

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले बनाएको सरकारप्रति प्रचण्डले लगाएको आक्षेप खेदजनक रहेको बताएका छन्। संसद् भवन बानेश्वरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै बर्र्ताैलाले झण्डै दुईतिहाईको संसदले बनाएको सरकारलाई बिचौलियाको सरकार भन्नु खेदजनक रहेको भन्दै आफूलाई सच्चाउनुपर्ने बताए।

वर्तमान सरकार सुशासनमा केन्द्रित रहेको भन्दै उनले सरकारमाथि आपेक्ष लगाउने कुरा प्रचण्डको दृष्टिदोष रहेको जिकिर गरे।

बर्तौलाले मुलुकको आवश्यकताका आधारमा कानुनी सुधार गर्नका लागि अध्यादेश ल्याएको भन्दै विपक्षी भएकै कारण विरोध गरिएको बताए। उनले विपक्षी दललाई सदनमा पर्याप्त स्पेस दिइरहेको धारणा राखे।

उनले प्रधानमन्त्री केपी ओलीको निकै अघि देखिएको पूर्वनिर्धारित कार्यक्रम तय भएका कारण विपक्षी दलका नेता बोल्ने बेला सदनमा उपस्थित हुन नसकेको बताए।

प्रचण्डको आरोप- ओली संस्कारहीन, बिचौलिया र मिचाहा [सम्बोधनको पूर्ण पाठसहित]

प्रकाशित: २७ फागुन २०८१ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast