पीएम कपमा आज : कोशीविरुद्ध मधेश र गण्डकीविरुद्ध कर्णाली भिड्दै

हिमाल प्रेस २७ फागुन २०८१ ७:४५
4
SHARES
पीएम कपमा आज : कोशीविरुद्ध मधेश र गण्डकीविरुद्ध कर्णाली भिड्दै

काठमाडौँ- प्रधानमन्त्री (पीएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। आज कोशी र मधेश प्रदेश तथा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान ९ बजे सुरु हुने छन्।

कोशी र मधेशबीचको खेल भैरहवास्थित सिद्धार्थनगर रंगशालामा हुनेछ। गण्डकी र कर्णालीको खेल दाङको देउखुरी क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा कोशी प्रदेश पहिलो खेलमा पराजित भएको छ भने मधेशले आज पहिलो खेल खेल्दैछ।

कर्णाली र गण्डकीले आज दोस्रो खेल खेल्दैछन्। पहिलो खेलमा कर्णालीले जित हासिल गरेको थियो भने गण्डकी पराजित भएको थियो।

प्रकाशित: २७ फागुन २०८१ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast