
काठमाडौँ- राजनीतिक दलहरूले सडक फोहोर बनाएको भन्दै काठमाडौँ महानगरपालिकाले जरिबानास्वरूप नगद तिराउँदै आएको छ। गत फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दा फोहोर भएको भन्दै महानगरले राप्रपालाई कारबाहीस्वरूप नगद तिराउने निर्णय लियो।
महानगरपालिकाले राप्रपाले एक लाख रुपैयाँ जरिवाना तिरायो। राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका ज्ञानेन्द्रबहादुर शाहीले महानगरको खातामा एक लाख रुपैयाँ महानगरको खातामा दाखिला गरेको जानकारी दिए। तर, महिना दिनअघि काठमाडौँमा कार्यक्रम गर्दाको जरिबाना भने सत्तारुढ नेकपा एमालेले अझै तिरेको छैन।
गत मंसिर ७ गते शुक्रबार सत्तारुढ दल नेकपा एमालेको जागरणसभा भन्दै नारायणहिटी दरबार अगाडि कार्यक्रम गरेको थियो। महानगरले कारबाही स्वरूप एक लाख रुपैयाँ तिराउने निर्णय समेत गर्यो। तर हालसम्म एमालेले सोही रकम तिरेको छैन।
महानगर स्रोतका अनुसार हालसम्म पनि सोही रकम एमालेले भुक्तानी गरेको छैन। महानगरले जरिबानाको पत्र एमालेको मुख्यालय च्यासलमा समेत लगेको थियो। आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र समेत लिन मानेको थिएन। एमाले जबाफदेही नभएको भन्दै त्यसबेला चर्को आलोचना समेत भएको थियो।