
काठमाडौँ – वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ।
युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको हो। दोस्रो हारसँगै नेपालले तीन खेलमा दुई अंक जोडेको छ।
पहिलो खेलमा नामिबियासँग ६ विकेटले हार बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगाण्डाविरूद्ध एक विकेटको रोमाञ्चकको जित निकालेको थियो।
यता लगातार दोस्रो जित निकालेको हङकङको तीन खेलबाट चार अंक छ। पहिलो खेलमा युगाण्डासँग आठ विकेटको पराजित बेहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो।
हङकङले प्रस्तुत गरेको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै ९८ रनमात्रै बनाउन सक्यो।
नेपालका लागि कप्तान इन्दु बर्माले ३२, पुजा महतोले १९, विन्दु रावलले १४, रोमा थापाले अविजित १३ र साना प्रविनले १० रन बनाए।
हङकङका लागि मारिको हिलले दुई तथा सियु मिवाई र चान का यिङले समान एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै सय रनको योगफल तयार पारेको थियो।
हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिलले २१ र यस्मिन दासवनीले अविजित ११ रन बनाए।
नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई तथा पुजा महतो र रचनाकुमारी चौधरीले १–१ विकेट लिए।