
मुस्ताङ– हिमाली जिल्ला मुस्ताङको एकमात्र तेजनिरला जनहित बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्वत चयन गरिएको छ।
आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिकाअन्तर्गत सोमबार क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी संघ/संगठनबीचको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो।
क्याम्पस प्रमुख एवं निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीका अनुसार आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन कार्यक्रमअगावै मुस्ताङको यो क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने दिन दर्ता भएका संघ÷संगठनको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो।
उक्त सामुदायिक क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुकी अञ्जु परियार सर्वसम्वत निर्वाचित भएकी छन्।
उपसभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुदीप भर्ती थकाली, सचिवमा उपदेश चौधरी (नेविसंघ), सहसचिवमा धीरज परियार (अनेरास्ववियु) र कोषाध्यक्ष पदमा निशा गौचन (नेविसंघ) सर्वसम्मत निर्वाचित भएका छन्।
यसैगरी सदस्यमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुबाट देवराज लामिछाने, अनेरास्ववियुबाट अशोक भण्डारी र कमल गुरुङ, नेविसंघबाट मनिका विक निर्वाचित भएकी क्याम्पस प्रमुख थकालीले जानकारी दिए।