प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिसको विजयी सुरुआत

हिमाल प्रेस २६ फागुन २०८१ १७:२२
6
SHARES
प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिसको विजयी सुरुआत

काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ।

सोमबार भैरहवाको एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डिफेन्डिङ पुलिसले लुम्बिनी प्रदेशविरूद्ध ८७ रनको जित निकाल्यो।

जितसँगै पुलिसले दुई अंक जोडेको छ। पहिलो पराजय बेहोरेको लुम्बिनीको पनि दुर्ई खेलबाट समान अंक छ। पहिलो खेलमा लुम्बिनीले कोशी प्रदेशलाई २६ रनले पराजित गरेको थियो।

पुलिसले प्रस्तुत गरेको २५० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा १६२ रनमात्रै बनाउन सक्यो।

लुम्बिनीका लागि प्रज्वल थापाले ९४ बलमा सात चौका र एक छक्काको मद्तले सर्वाधिक ७२ रनको योगदान गरे। यसैगरी मिर्नाल गुरुङले ३०, सलाहयद्दिन खानले १३ र देव खनालले ११ रन बनाए।

पुलिसका लागि सागर ढकालले ३, ललितनारायण राजवंशी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान दुई र राशिद खान तथा कुशल भुर्तेलले एक–एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रन बनाएको थियो।

पुलिसका लागि भुर्तेलले ७५ बलमा सात चौका र एक छक्काको मद्तले सर्वाधिक ५९ रन बनाए। यसैगरी आरिस शेखले ५६, गुलशन झाले अविजित ३६ र दिलिप नाथले ३४ रन बनाए।

लुम्बिनीका लागि अनुज चनरा र कृष्ण कार्कीले समान तीन विकेट लिए।

प्रकाशित: २६ फागुन २०८१ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast