
काठमाडौँ- फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार टिजर सार्वजनिक गरिएको हो।
टिजरमा मोबाइलको लतले समाज र बालबालिकामा परेको असरलाई देखाइएको छ। अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई समेट्न खोजिएको छ।
निर्देशक भट्टराईसँगै अरुणदेव जोशी र देवव्रतले फिल्मको कथा तथा पटकथा लेखेका छन्। फिल्म आगामी वर्ष वैशाख १९ मा रिलिज हुनेछ। फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठ लगायत कलाकारको अभिनय छ।
निर्देशक भट्टराईले यसअघि ‘झोला’ मा सती प्रथा र ‘भोर’ मा दाइजो प्रथामा विषय उठाएका थिए। दीपक बज्राचार्यको छायांकन रहेको फिल्म निमेष श्रेष्ठको सम्पादनमा बनेको छ। फिल्म मिडिया फर कल्चरको प्रस्तुति र जनता टिभीको सहकार्यमा निर्मााण भएको छ।