सेडन डेथमा विजयी बन्दा चर्च ब्वाइज अन्तिम चारमा

हिमाल प्रेस २६ फागुन २०८१ ८:०३
4
SHARES
सेडन डेथमा विजयी बन्दा चर्च ब्वाइज अन्तिम चारमा

झापा- झापा एफसीलाई सेडनडेथमा हराउँदै चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार मेचीनगरस्थित काकडभिट्टा खेल मैदान निर्धारित समयको खेल र पेनाल्टी समेत बराबरी हुँदा खेल सडनडेथमा पुगेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भयो। दोस्रो हाफमा दुबै टोलीले समान एक गोल गरेपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको हो ।

पेनाल्टीमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापा नायक बने । प्लेयर अफ दि म्याच घोषित उनले झापाका धिरेन्द्र विष्टको प्रहार रोकेका थिए । नेपाल सुपर लिग (एनएसएल) टोली झापाका अभिषेक स्याङ्ताङको प्रहार बाहिरिएको थियो । झापाको लागि रोशन पहारी, प्रवित बस्नेत, बाफोर र गौरब धिमालले गोल गरेका थिए ।

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजको जितमा राजेश परियार, जया गुरुङ, कुमार गुरुङ, विदेशी खेलाडी अबयुमी फाकुन्ले र टिकेन्द्रले गोल गरेका हुन् । सुरज जिउ ठकुरीको प्रहार भने झापाका गोलकिपर कृशल मोक्तानले बचाएका थिए ।

अब, चर्च ब्वाइजले फाइनल प्रवेशका लागि विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लब र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग फागुन २९ गते खेल्नेछ।

सोमबारको खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले सेमिफाइनलमा आयोजक काकडभिट्टासँग खेल्नेछ । शनिबार भएको उद्घाटन खेलमा काकडभिट्टा ट्रेनिङ सेन्टरले भारतको जर्जियन एफसीलाई ४–२ ले हराएको थियो।

मेचीनगर मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुबै गोल दोस्रो हाफमा भएका थिए । चर्च ब्वाइजको लागि ६९औं मिनेटमा रिचार्ड विल्सनले गोल गरेका थिए।

झापाका रक्षक सर्ज डिकाले गरेको गल्तीको फाइदा उठाउँदै रिचार्डले गोल गरेका हुन् । त्यसअघि अबोयुमी फाकुन्लेले गरेको क्रस डिकाले क्लियर गर्न नसक्दा रिचार्डले बक्सभित्र बल नियन्त्रणमा राख्दै गोल गरेका थिए।

खेल सकिन एक मिनेटअघि झापा एफसीले बराबरी गोल गर्‍यो। झापाको लागि कप्तान श्याम मुर्मुले गोल गरेका थिए । बक्सभित्र हुलमुलमा मुर्मले गोल गरेका हुन् । यसअघि मुर्मु कप्तान आर्यन राईको स्थानमा मैदान प्रवेश गरेका थिए।

प्रकाशित: २६ फागुन २०८१ ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast