
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २२ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ६५ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ।
मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ९० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ८० रुपैयाँ, तिते करेला प्रतिकिलो १३० रुपैयाँ कायम गरिएको छ।