रविको हिरासतको फोटो खिचेको अभियोग खेपेका निकोलसले पाए सफाइ

हिमाल प्रेस २५ फागुन २०८१ २१:१५
70
SHARES
रविको हिरासतको फोटो खिचेको अभियोग खेपेका निकोलसले पाए सफाइ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतमा रहेका बखत उनको फोटो खिची सार्वजनिक गरेको अभियोगमा मुद्दा खेपेका डा. निकोलस भुसालले अन्ततः सफाइ पाएका छन्।

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अभियोग दाबी नपुग्ने ठहर गरी उनलाई सफाइ दिएको उनका तर्फबाट बहस गरेका अधिवक्ता बिमलप्रसाद लामिछानेले बताए।

सहकारी मुद्दामा कास्की प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो उनले अध्ययनका लागि प्रहरीकै रोहवरमा खिची सामाजिक सञ्जालबाट सार्वजनिक गरी आफैँले पछि हटाएको स्वीकारेका थिए। उनले जानीजानी गलत मनसायले उक्त कार्य नगरेको जिकिर गरेका थिए।

तर, व्यक्तिगत गोपनीयता भंग गर्ने कार्यमा प्रहरीकै संलग्नता रहेको भन्दै रास्वपाले सुरक्षा निकायमाथि नै प्रश्न उठाउँदै विरोध गरेको थियो।

कास्की प्रहरीले डा. निकोलस भुषाल भनिने कमल भुषाललाई पक्राउ गरी अनुसन्धान थालेको थियो।

प्रहरी निरीक्षक समीक्षा घिमिरेसमेत निवेदक भई डा. भुषालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी ऐनअन्तर्गतको कसूरमा मुद्दा चलाइएको थियो। गत ४ माघमा जिल्ला अदालत कास्कीका न्यायाधीश शंकरबहादुर राईको इजलासले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

प्रकाशित: २५ फागुन २०८१ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast