
काठमाडौँ- पीटी नेटा अटो इन्डोनेसियाले २०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शो (आईआईएमस) मा सहभागिता जनाएको छ।
फेबु्रअरी १३ देखि २३ सम्म जाकर्तामा आयोजित शोमा पीटी नेटा अटोले सहमागिता जनाएको हो।
शोका क्रममा नेटा भी र नेटा एक्सको ३२८ गाडी बुकिङ भएको जनाइएको छ। पीटी नेटा अटो इन्डोनेसियाका प्रबन्ध निर्देशक क्रिस लानले यो उपलब्धिले उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने प्रतिबद्धतालाई थप मजबुत बनाउने बताएका छन्।
शोमा नेटाले निःशुल्क वाल चार्जर, विशेष बिमा र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गरेको थियो।
लानले इन्डोनेसिया विश्वकै ठूलो ईभी बजारमध्ये एक बन्ने सम्भावना रहेको बताए।
यसैबीच नेपालमा नेटाको आधिकारिक वितरक सीजी मोटर्सले एक हजारभन्दा बढी नेटा भी र नेटा एक्स बिक्री गरिसकेको छ। सीजी मोटर्स र नेटा ब्रान्डप्रति बढ्दो विश्वासले नेपाल ईभी बजारमा नयाँ उपलब्धि हासिल गरेको वितरकको भनाइ छ।