संवैधानिक राजा चाहिन्छ : पशुपतिशमशेर

हिमाल प्रेस २५ फागुन २०८१ १७:३४
34
SHARES
संवैधानिक राजा चाहिन्छ : पशुपतिशमशेर पशुपतिशमशेर राणा। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाले बहुदलीय प्रजातन्त्रमा संवैधानिक राजालाई शृंगारका रुपमा राख्नुपर्ने बताएका छन्।

त्रिभुवन विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई आइतबार स्वागत गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राणाले मुलुकमा बहुदलीय प्रजातन्त्र अपरिहार्य भएकाले बहुदलीय प्रजातन्त्र कायम राख्दै शृंगारका रुपमा संवैधानिक राजालाई राख्नुपर्ने बताएका हुन्।

बहुदलीय प्रजातन्त्र मुलुकका लागि अमूल्य व्यवस्था भएकाले यसको विकल्प नरहेको उनको भनाइ छ। राणाले देश र जनताको शासन जनताले चुनेका प्रतिनिधिले नै गर्नुपर्ने धारणा राखे। जनप्रतिनिधिले शासन चलाउदा गौरवका लागि भए पनि राजा आवश्यक रहेको उनले बताए।

प्रकाशित: २५ फागुन २०८१ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast