महिला टी–२० क्रिकेट : युगान्डाविरुद्ध नेपालको रोमाञ्चक जित

हिमाल प्रेस २५ फागुन २०८१ १७:११
16
SHARES
महिला टी–२० क्रिकेट : युगान्डाविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौँ- वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको छ।

रोमाञ्चक खेलमा नेपालले घरेलु टोली युगान्डाविरूद्ध जित निकालेको हो।

जितसँगै नेपालले दुई खेलबाट दुई अंक जोडेको छ। त्यस्तै पहिलो पराजय बेहोरेको युगान्डाको पनि समान खेलबाट दुई अंक नै छ।

पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित हुँदा युगान्डाले हङकङलाई आठ विकेटले हराएको थियो।

आइतबार एन्टेब्बे क्रिकेट ओभलमा युगान्डाले प्रस्तुत गरेको ७६ रनको लक्ष्य नेपालले एक बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि साना प्रवीणले १७, पूजा महतोले १६ र रुबिना क्षेत्रीले १० रन बनाए।

युगान्डाका लागि जेनेट एमबाबाजीले तीन तथा सारा वलाजले दुई विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७५ रनमात्र जोडेको थियो।

युगान्डाका लागि इमाकुलेट नाकिसुईले २२, स्टेफेनिया नाम्पिलिनाले १४ र मलिषा अरिकोटाले ११ रन बनाए।

नेपालका लागि पूजा महतोले तीन र कप्तान इन्दु बर्माले दुई विकेट लिइन्।

प्रकाशित: २५ फागुन २०८१ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast