पूर्वराजा ज्ञानेन्द्रले पोखरामा एक महिना कसरी बिताए?

हिमाल प्रेस २५ फागुन २०८१ १६:२३
16
SHARES
पूर्वराजा ज्ञानेन्द्रले पोखरामा एक महिना कसरी बिताए? पूर्वराजा ज्ञानेन्द्रलाई आइतबार पोखरामा बिदाइ गरिँदै। तस्बिर : विजय नेपाल

पोखरा– ठिक एक महिनाको बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँतर्फ गएका छन् । उनी समिट एयरको विमानमार्फत पोखराको पुरानो विमानस्थलबाट आइतबार दिउँसो ३ बजेर २० मिनेटतिर काठमाडौँका लागि उडेका हुन्।

पूर्वराजाको बिदाइमा राजावादी तथा उनका समर्थकहरुले पञ्चेबाजाले स्वागत गर्दै दुबोको माला र रातो टीका लगाइदिएका थिए। सो अवसरमा पञ्चकन्या समेत उपस्थित रहेको राप्रपा केन्द्रीय सदस्य अरुण गिरीले बताए।

गत २७ माघमा पोखरा आएका पूर्वराजा पोखरामा २ सातामात्र बस्ने तालिका भए पनि एक महिना लामो समयसम्म बसेका हुन्। उनी सुरुमा रुपाकोट रिसोर्टमा करिब २ सातासम्म बसेरपछि पोखराको दोबिल्लास्थित माउन्ट ग्लोरी होटलमा बसेका थिए।

काठमाडौं फर्किनुअघि उनले माउन्ट ग्लोरीमा आफ्ना समर्थक तथा शुभेच्छेकहरुमाझ बिदाइ भोज गरेका थिए। गत महिना राजाभन्दा केही समयपछि आएकी पूर्व रानी कोमल करिब दुई साता बसेर काठमाडौं फर्किसकेकी थिइन्।

पोखरा बसाइका क्रममा पूर्वराजाले पोखरा र यसआसपासका जिल्लाका शक्तिपीठको दर्शन गरे। उनले पोखराको विन्ध्यवासिनी मन्दिर र केदारेश्वर मन्दिर, बागलुङको बागलुङ कालिका, मयाग्दीको गलेश्वरधाम, स्याङ्जाको कुल मन्दिर आलमदेवीको पूजाआजा तथा दर्शन गरे। उनले गत २२ फागुनमा पोखराको वीरेन्द्रचोकमा गत वर्ष निर्माण गरिएको पूर्व राजा वीरेन्द्र शाहको सालिक अनावरण गरे। पोखरा बसाइँमा उनको नागरिक अभिनन्दनसमेत गरिएको थियो।

प्रकाशित: २५ फागुन २०८१ १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast