लगातार पाँचौँ दिन घट्यो नेप्से

हिमाल प्रेस २५ फागुन २०८१ १५:०५
12
SHARES
लगातार पाँचौँ दिन घट्यो नेप्से

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पाँचौँ दिन पनि घटेको छ। गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक ४६.३३ अंकको गिरावटपछि २७७२.१० मा कायम भएको हो।

आइतबार २४ वटा कम्पनीको सेयर बढेको छ भने २१७ वटा कम्पनीको सेयर घटेको छ। यसैगरी दुईवटा कम्पनीको यथावत् रहेको छ।

आइतबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सबैभन्दा उच्च कारोबार रेकर्ड गरेको छ। कम्पनीका १ अर्ब १२ करोड रुपैयाँ मूल्यका सेयर कारोबार भएका छन्। त्यसपछि उच्च कारोबार हुने कक्मपनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड छन्। यी दुई कम्पनीको क्रमशः ५९ करोड ९८ लाख र ५५ करोड ९ लाख रुपैयाँ थियो।

सबैभन्दा बढी नोक्सान ‘अन्य’ उप-सूचकांकमा देखिएको छ। त्यसमा २.६९ प्रतिशतले घटेको छ। त्यसपछि लगानी र वित्त उप-सूचकांकहरू रहे, जसले क्रमशः २.४९ प्रतिशत र १.८७ प्रतिशतको नोक्सान बेहोरेका छन्। आइतबार स्टक एक्सचेन्जमा ११२,३४७ कारोबारमार्फत १० अर्ब ९ करोड रुपैयाँ मूल्यका सेयर कारोबार भएको छ।

 

प्रकाशित: २५ फागुन २०८१ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast