आन्दोलनबाट फ्याँकेको राजतन्त्र फेरि आउने कल्पना गर्न सकिँदैन : गृहमन्त्री

हिमाल प्रेस २५ फागुन २०८१ ११:४२
36
SHARES
आन्दोलनबाट फ्याँकेको राजतन्त्र फेरि आउने कल्पना गर्न सकिँदैन : गृहमन्त्री सुर्खेतमा सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखक। तस्बिर : रमा केसी

सुर्खेत- गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलनबाट फँयाकेको राजतन्त्र पुनः आउने कल्पना नगर्न आग्रह गरेका छन्। उनले लोकतन्त्रको विकल्प राजतन्त्र कदापि हुन नसक्ने भन्दै त्यसको भ्रमबाट उम्कन समेत आग्रह गरेका हुन्।

आइतबार सुर्खेतमा प्रादेशिक आपत्कालीन गोदाम घर कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रममा आएका गृहमन्त्री लेखकले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै जनताले फालेको राजतन्त्र फेरि नआउने र लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने जनाए।

पूर्व राजाले पनि लोकतन्त्रको पूर्ण उपभोग गरेको हुँदा यो नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताए।लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्दै गृहमन्त्री लेखकले अहिले राजावादीहरू आन्दोलन गरिनु, बोलिनु लोकतन्त्रको उपभोग गरेको बताए।

अहिले भइरहेका आन्दोलनले शान्ति सुरक्षामा कुनै खलल नपुग्ने गरी शान्ति सुरक्षा चुस्त दुरुस्त राखिएको उनको भनाइ छ।

आपत्कालीन गोदाम घर कर्णाली सरकारलाई हस्तान्तरण

गृहमन्त्री लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सुर्खेतमा रहेको प्रादेशिक आपत्कालीन गोदाम घर हस्तान्तरण गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मातहतमा रहेको सो गोदाम घर प्रदेशलाई हस्तान्तरण गरेपछि विपद् जोखिम न्यूनीकरणको काममा प्रदेशले नै सञ्चालन र परिचालन गर्ने उनले बताए।

उनले संघले नीति नियम बनाउने र बजेट व्यवस्थापन गर्ने, प्रदेशले समन्वय गर्ने र स्थानीय पालिकाहरूले काम गर्ने गरी विपद् न्यूनीकरणमा लाग्न निर्देशन दिदैं प्रदेश र स्थानीय सरकारले विपद् न्यूनीकरणको क्षेत्रमा बर्सेनि बजेट छुट्याउनुपर्नेमा जोड दिए।

उनले पश्चिम नेपालको भूकम्पले क्षति पुर्‍याएको संरचनाको पुनर्निर्माण र पीडितहरूलाई पुनर्स्थापनाको काम नीति र बजेट विनियोजन गरेर सुरु भइसकेको बताएका छन्।

उनले पश्चिम नेपालको डोटी, बझाङ र जाजरकोटमा गएको भूकम्पले क्षति पुर्‍याएको संरचनाहरूको विस्तृत मूल्यांकन नै नभएको पाइएको हुँदा त्यसको मूल्यांकन लिएर नीति र बजेट छुट्याइ कार्यालय स्थापना गरेर पुनर्निर्माण र पुनर्स्थापनाको काम सुरु भइसकेको बताए।

प्रकाशित: २५ फागुन २०८१ ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast