उषा केसीको उपन्यास ‘हिउँफूल’ लोकार्पण

हिमाल प्रेस २५ फागुन २०८१ ९:४८
44
SHARES
उषा केसीको उपन्यास ‘हिउँफूल’ लोकार्पण

काठमाडौँ- साहित्यकार उषा केसीको उपन्यास ‘हिउँफूल’ लोकार्पण भएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साहित्य पत्रकार संघको आयोजनामा उपन्यासको लोकार्पण गरिएको हो।

नारी जीवनका अनेक दु:ख र पीडालाई उपन्यासमा उतारिएको कार्यक्रम उपस्थित विश्लेषकहरुले बताएका थिए। उपन्यासकार केसीको यसअघि उषाको प्रहर (मुक्तकसंग्रह २०७७) र माकुरी (मुक्तकसंग्रह २०७९) प्रकाशित भइसकेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ प्राध्यापक डाक्टर दयाराम श्रेष्ठले नेपाली उपन्यास परम्परामा नयाँ धार परिवर्तन भई आधुनिक कालको श्रीगणेश भएको चर्चा गर्दै मध्यकालीन पर्दालाई चिरेर सामाजिकताको उज्यालोमा नेपाली उपन्यास परम्पराले पदार्पण गरेको उल्लेख गरे।

वरिष्ठ आख्यानकार हिरण्यकुमारी पाठक, किशोर पहाडी, वरिष्ठ समालोचक प्रा डा गोविन्दमान सिंह कार्की, साहित्यकार रुपा पौडेल, गंगा कर्माचार्य पौडेल, डा शान्तिमाया गिरी,मधु पाठक,कमला रिसाल,डा बुनु दाहाल,प्रकाश घायललगायत कार्यक्रममा थुप्रै साहित्यकारहरू सहभागी थिए।

प्रकाशित: २५ फागुन २०८१ ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast