सिटी फेरि पराजित

हिमाल प्रेस २५ फागुन २०८१ ७:२३
6
SHARES
सिटी फेरि पराजित

काठमाडौँ- साविक म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा शनिबार नटिङघम फरेस्टसँग १-० ले पराजित भएको छ।

जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङघम तेस्रो स्थानमा छ। पराजित सिटी समान खेलबाट ४७ अंकका साथ चौथो स्थानमा छ।

सिटी ग्राउन्डमा घरेलु टोली नटिङघमलाई जित दिलाउन क्यालम हड्सन-ओडोई खेलको अन्त्य तिर गोल गरे। उनले ८३औं मिनेटमा मोर्गन गिब्स ह्वाइको पासलाई पोस्टको दिशा दिए। सिटीले पछिल्ला पाँच लिग खेलमध्ये तीनमा हार बेहोरेको छ।

प्रकाशित: २५ फागुन २०८१ ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast